टोयोटाले लन्च गर्यो यस्तो गाडी, कति पर्छ मुल्य ?

काठमाडौं । टोयोटा मोटर्सले नाडा अटो शो २०१९ मा दुइवटा हाइब्रीड मोडलहरु सार्वजनिक गरेको छ । नेपालका लागि टोयोटाको विक्रेता आधिकारीक युनाइटेड ट्रेडर्सले र्याभ फो हाइब्रीड र क्याम्री हाइब्रीडका साथ र्याभ फो ग्यासोलिन सार्वजनिक गरेको हो ।

युनाइटेड ट्रेडर्स टोयोटा हाइब्रीडका सवारीहरु लन्च गर्ने पहिलो अटोमोबाइल कम्पनी हो । दुइवटा पावर ट्रेन इन्टर्नल कमबस्टन इन्जिन र इलेक्ट्रीक मोटरको सम्मिश्रण भएको हाइब्रीडले अधिकतम शक्ति दिनुका साथै न्युनतम फ्युलको प्रयोग गरी थोरै धुँवा इमिसन गर्ने कम्पनीले दावी गरेको छ ।

नयाँ र्याभफो हाइब्रीडको ड्राइभिङमा यसले २४ कि.मि. प्रति लिटर माइलेज दिने गर्छ । ८ वटा एयर ब्याग भएको यस सवारीमा ३ वटा ड्राइभिङ मोड स इ.को. मोड , स्पोर्ट मोड र इ.भी. मोडहरु रहेका छन ।ब्याट्रीको लागि प्लगड ( इन आवश्यकता नभएको यस सवारीमा भेइकल इस्ट्याबिलिटी कन्ट्रोल भी. य्स. सी), ट्र्याक्सन कन्ट्रोल सिस्टम ( टी. आर. सी) का साथ, अञ्टीलक ब्रेकिङ सिस्टम ( ए. बी. अय्स), इमेर्जेन्सी सिग्नल सिस्टम ( इ. अय्स. अय्स ) का साथ हुनुका साथै हिल स्टार्ट असिस्ट कन्ट्रोल ( याच. ए. सि. )को प्रबन्ध पनि रहेको छ । बजारमा यस सवारीको मुल्य रु. १३,४००,००० रुपैँया रहेको कम्पनीले जनाएको छ ।

यसैगरी नयाँ क्याम्री हाइब्रीडको विशेषता भनेको साधारण ड्राइभिङमा यस सवारीले २३ कि.मि. प्रती लिटर माइलेज दिन्छ । ९ वटा एयर ब्याग भएको यस सवारीमा पनि ३ वटा ड्राइभिङ मोड स इ.को. मोड , स्पोर्ट मोड र इ.भी. मोडहरु रहेका छन । ब्याट्रीको लागि प्लगड ( इन आवश्यकता नभएको यस सवारीमा भेइकल इस्ट्याबिलिटी कन्ट्रोल(भी. य्स. सी), ट्र्याक्सन कन्ट्रोल सिस्टम ( टी. आर. सी )का साथ, अञ्टीलक ब्रेकिङ सिस्टम ( ए. बी. अय्स), इमेर्जेन्सी सिग्नल सिस्टम ( इ. अय्स. अय्स ) का साथ उपलब्ध छ । बजारमा यस सवारीको मुल्य रु. १३,१००,००० रुपैँया रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?