अमेजन जङ्गल आग्लागी: ब्राजिलद्वारा २२ मिलियन डलर अस्वीकार

एजेन्सी । ब्राजिलको अमेजन जङ्गलमा लागेको आगो नियन्त्रण गर्न फ्रान्समा आयोजित जी-७ सम्मेलनमा कूल २२ मिलियन डलर राशी दिने सहमति भएको थियो ।

फ्रान्समा आयोजित जी-७ सम्मेलनमा ब्राजिलको अमेजन जङ्गलमा लागेको आगो नियन्त्रण गर्न कूल २२ मिलियन डलर राशी दिने सहमति बनेको थियो । तर, ब्राजिलले त्यो सहायोग लिन अस्वीकार गरेको छ ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोका चीफ अफ स्टाफ ओनिक्स लोरोन्जोनीले सोमबार यसको जानकारी दिए । ब्राजिलका राष्ट्रपतिले फ्रान्सका राष्ट्रपतिद्वारा जी-७ सम्मेलनमा अमेजनको जङ्गलमा लागेको आगोबारे चर्चा गरेकोमा आपत्ति जनाए ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले सोमबार आगलागी नियन्त्रणका लागि जी–७ सम्मेलनका सबै देशले संकल्प गरेको राशी छिट्टै निकासा गर्ने घोषणा गरेका थिए । उक्त रकमको उपयोग अमेजनको जङ्गलमा पछिल्लो केही हप्तादेखि लागेको डढेलो नियन्त्रण गर्नका लागि गरिने बताइएको थियो ।

ब्राजिलको अमेजन जङ्गलबाट विश्वको कुल अक्सिजनको २० प्रतिशत पैदा हुन्छ ।

‘म्याक्रोले विश्वको ऐतिहासिक धरोहरमा शामिल एक चर्चमा लागेको आगो त रोक्न विफल रहे । उनी हाम्रो देशलाई के सिकाउन चाहन्छन् । म्याक्रोले पहिले आफ्नो घर र कोलोनी जोगाउन ध्यान दिए हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?