युएस ओपनको दोस्रो चरणमा नाडाल

एजेन्सी । अष्ट्रेलिया खेलाडी जोन मिलम्यानलाई पराजित गर्दै स्पेनिस टेनिस स्टार राफायल नाडाल युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बुधबार बिहान भएको पहिलो चरणको खेलमा अष्ट्रेलिया खेलाडी जोन मिलम्यानलाई पराजित गर्दै नाडालले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।

दोस्रो वरियताका नाडालले मिलम्यानलाई ३-० को सोझो सेटमा पराजित गरे । नाडालले मिलम्यानमाथि ६-३, ६-२ र ६-२ को जित निकाले ।

महिलातर्फ शीर्ष वरियताकी जापानी नाओमी ओसाकाले अन्ना ब्लिनकोभालाई ६-४, ६-७ ९५-७० र ६-२ को सेटमा हराएर दोस्रो चरणको यात्रा तय गरिन् ।

महिलातर्फ नै चौंथो वरियता प्राप्त रोमानियाकी सिमोना हालेपले पनि संघर्षपूर्ण जित निकाल्दै दोस्रो चरणको यात्रा तय गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?