चेल्सी आर्सनलसँग रोकिदा युनाइटेडलाई फाइदा

काठमाडौं, २० पुस । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबारराति भएको खेलमा तेस्रो स्थानमा रहेको चेल्सी आर्सनलसँग २–२ गोलको बराबरीमा रोकिएको छ चेल्सी बराबरीमा रोकिदा त्यसको प्रत्यक्ष फाइदा दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडलाई भएको छ आर्सनलको घरेलु मैदानमा भएको खेलमा १–० ले पछि परेको स्थिति उल्टाउदै २–१ को अग्रता बनाएपछि अत्तिरित्त समयमा बेलेरिनले गोल गरेपछि चेल्सी अंक बाँड्न बाध्य भयो आर्सनलका लागि ज्याक विल्सेरले ६३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि नै चेल्सीका लागि इडेन हाजार्डले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए खेलको ८४ औं मिनेटमा मार्कस अलोन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर खेलको अन्त्तिम मिनेटमा आर्सनलका हेक्टर बेलेरिनले गोल गरेपछि खेल बराबरीमा सकियो बराबरीपछि चेल्सीले अंक तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमायो । २२ खेलबाट ४६ अंक जोडेको चेल्सी तेस्रो स्थानमा रहेको छ भने शीर्ष स्थानको म्यान्चेस्टर सिटीको समान खेलबाट ६२ अंक रहेको छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडको ४७ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?