सुर्खेतमा बस दुर्घटना : तीन जनाको मृत्यु, २७ घाइते

appharu
0
Shares
तस्विर: गुगल

सुर्खेत । जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको बस बुधबार बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ४ ख ९३१७ नम्बरको बस बिहान साढे ३ः०० बजे दुर्घटना हुँदा एकको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा कोहल्पुर मेडिकल कलेजमा मृत्यु भएको हो ।

त्यस्तै २७ यात्रु घाइते छन् । घाइतेहरुको भेरीगङ्गा नगरपालिकास्थित मेडिकल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुर्खेतका प्रहरी नायब उपरीक्षक रवि रावलले मृतकको सनाखत हुन बाँकी रहेको बताउनुभयो । तीव्रगतिका कारण दुर्घटना भएको हुनेसक्ने प्रहरीको अनुमान छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?