रवि लामिछानेको समर्थनमा गीत बनाउनुको भित्री कुरो यस्तो छ (भिडियो अन्तर्वार्ता)

appharu
0
Shares

काठमाण्डौं । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा पक्राउ परेपछि मुलुकको माहोल भिन्न रह्यो ।

यो विषयले सडकदेखी सदनसम्म तात्यो, यसका विषयमा विभिन्न टिका टिप्पणी हुन थाले । चितवनमा रविका समर्थकहरुको भिड थामिनसक्नुको भयो । स्थानिय प्रशासनले ५ जनाभन्दा बढी जम्मा भएर हिडे कारबाही गर्ने, थुन्ने, गोली ठोक्ने सम्मको चेतावनी दियो ।

रवि लामिछाने प्रहरी हिरासतमा रहेकै बेला कलाकारहरुले पनि विभिन्न प्रकारका अभिव्यक्ति, विचार, धारणा सार्वजनिक गर्न थाले । कति कलाकारहरु हिरासतमा रहेका रविलाई भेट्न चितवन पुगे ।

यता कति कालाकारहरुले रविको सपोर्टको लागि भन्दै विभिन्न गीतसंगित बनाएर बजारमा ल्याए । पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार र विरेन्द्र खड्काले पनि रविका बारेमा गीत गाए । गीतको बोल थियो, रवि दाई ।

गीतमा रविले गरेका राम्रा काम देखी रविलाइ बचाएर आफू मर्नेसम्मको भाव व्यक्त गरिएको छ । गीतले सोचेको भन्दा पनि अत्याधिक धेरै माया पाएको गीतका गायक खड्काले बताउनुभयो ।

रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेपछि उन्को नाम एउटा ब्राण्ड जस्तो बन्यो । त्यसैको फाईदा उठाउँदै धेरैले डलरको खेती गरेको आरोप पनि लागेको छ । तपाईले पनि त्यस्तै गर्नुभएको हो भन्ने प्रश्नमा गायक खड्काले आफूले डलरको खेती भन्दा पनि विशुद्ध रविको राम्रो कामहरुको चर्चा गर्दै गीत बनाएको जवाफ दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?