भ्वाइसबाट चर्चा कमाएका सुशीलको ‘पहिलो यो माया’ (भिडियो सहित)

appharu
0
Shares

काठमाडौं । द भ्वाइस अफ नेपालको पहिलो सिजनबाट चर्चा कमाएका सुशील गर्तौलाको ‘पहिलो यो माया’ सार्वजनिक भएको छ ।

संगीत तथा शब्द धनबहादुर गोपालीको रहेको गीत सुशीलको पहिलो गीत हो । शेखर सुवेदी र समीक्षा पोखरेलले गीतको भिडियोमा अभिनय गरेका छन् भने कोरियोग्राफी सन्तोष राजबाहकले गरेका छन् ।

यस्तै भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र प्रकाश धितालको निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?