चलचित्र ‘गुञ्जन’ को छायांकन सुरु

appharu
0
Shares

काठमाण्डौं । नेपाली चलचित्र ‘गुञ्जन’ को शुभमुर्हत गरिएको छ । कास्की पोखरामा रहेको विन्ध्यावासिनी मन्दिरमा चलचित्र गुञ्जनको मंगलबार शुभमुर्हत गरिएको हो ।

चलचित्रको ९० प्रतिशत छायांकन पोखरामा हुने र बाँकी काठमाडौंमा गरिने निर्माण युनिटले जानकारी दिएको छ । ए. एच ईन्टरटेन्मेन्ट प्रा.ली. को ब्यानरमा निर्माण हुने चलचित्रमा अष्टमान महर्जनको निर्देशन रहनेछ ।

चर्चित द्वन्द्व निर्देशक अष्टमान महर्जनले चलचित्र गुञ्जनबाट निर्देशनमा डेब्यु गर्दै हुनुहुन्छ । प्रेम कथामा आधारित रहेको चलचित्र गुञ्जनलाई सुनिता शाहीले निर्माण गर्नुभएको हा भने हिरा कृष्ण शाहीको प्रस्तुती रहेको छ ।

चलचित्रमा सरोज खनाल, हिउवाला गौतम, सारा सिरपाली, प्रितमराज सेञ्चुरी, रोहन शाही, कविर खड्का लगायतको मुख्य अभिनय रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?