१३ आश्विन २०८०, शनिवार

NULL

२०७४,भाद्र,२७,मंगलवार ०१:४६

0
Shares

काठमाडौं, २७ भदौ- पहिलो चरणको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी (केन्द्र) बाट गाउँपालिका अध्यक्ष निर्वाचित राजकुमार पौडेल सुन तस्करीका मुख्य नाइकेका रूपमा प्रहरीको खोजी सूचीमा परेका छन्।दुई साताअघि राजधानीको टोखाबाट १४ किलो र जनकपुरबाट १ किलो सुन बरामद हुनेबित्तिकै पौडेल फरार छन् । सुनसँगै पक्राउ परेका पेम्बा शेर्पालगायतको बयान र अन्य स्रोतबाट सुन तस्करीका मुख्य योजनाकारका रूपमा देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पौडेलको खोजी गर्दै आएको हो । ४० वर्षीय पौडेल उम्मेदवारी मनोनयनको केही दिनअघि मात्र टिकट पाई सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमा लडेका थिए।पहिलो संविधानसभा निर्वाचनमा माओवादीबाट सांसद जितेका एक केन्द्रीयस्तरको नेताको ठाडो पहलमा टिकट पाएका उनी त्यसभन्दा पहिले नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन् ।सीआईबीले पौडेलबाहेक राजधानीका एक चर्चित सुन डिलर रमेश खड्काको पनि खोजी गरिरहेको छ । ठँहिटीस्थित पसलबाट कारोबार गर्ने खड्काले पौडेलसँग मिलेर चिनियाँ व्यापारीबाट अवैध सुन भित्र्याउँदै आएका हुन्।अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२७,मंगलवार ०१:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले जि.डब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप

काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ । मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा– आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष

काठमाडौं । इन्द्र जात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०