अनाथ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्ट

appharu
0
Shares

काठमाडौं । अनाथ बालबालिकाको सहयोगका लागि सुन्दर शान्त बाल कल्याणकारी संस्था (पिस एन्ड बिउटिफुल चिल्ड्रेन वेलफेयर) ललितपुरले साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

‘पिस एन्ड युनिटी अ म्युजिकल टुर–२०१९’ नाम दिइएको कन्सर्ट असोज २७ गते देखी कात्तिक ७ गतेसम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा आयोजना हुनेछ ।

कन्सर्टमा गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ र नायिका वर्षा राउत सहभागी हुनेछन् ।असहाय बालबालिकाको सहयोगका लागि संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?