चलचित्र ‘छ माया छपक्कै’ को फस्टलुक सार्वजनिक

appharu
0
Shares

काठमाण्डौं । चलचित्र ‘छ माया छपक्कै’को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य चार कलाकारलाई स्थान दिइएको छ ।

मुख्य कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र नायिका केकी अधिकारीलाई पोस्टरमा देखाइएको छ ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र आईएमईको प्रस्तुतीमा तयार भएको चलचित्रमा रोहित अधिकारीको लगानी छ ।

चलचित्रका कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे तथा दीपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रलाई दीपकराज गिरीले लेख्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?