भक्तपुरमा सालकको खपटा सहित २ जना पक्राउ

काठमाडौं । भक्तपुर नगरपालिका-१० स्थित कमलबिनायक चोकबाट ३ सय ८० ग्राम सालकको खपटा सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे मण्डनदेउपुर नगरपालिका-८ बस्ने २७ वर्षीय श्याम बहादुर तामाङ र १७ वर्षीय बिशाल तामाङ रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको खपटा सहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?