जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

काठमाडौं । मकवानपुर बस्ने २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राक्सिराङ गाउँपालिका-१ कुविनटार बस्ने ४२ वर्षीय बिक्रम ब्लोनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

ब्लोनले ती महिलालाई गत शुक्रबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?