१० जेष्ठ २०७९, मंगलवार

खेलकुद विकासका लागि गुरुयोजना बनाइने

२०७४,पुष,२०,बिहीवार ०४:०७

0
Shares

पोखरा, २० पुस । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको खेलकुद विकासका लागि महानगरपालिकाले गुरुयोजना बनाउने बताए नेपाल ह्याण्डबल संघको तत्वावधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङकङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा बुधबारदेखि पोखरा रंगशालामा शुरु भएको १८ औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको उद्घाटन गर्दै उनले महानगरका ३३ वटै वडामा खेलकुद मैदान निर्माण गरिने र खेलाडीलाई प्रोत्साहन गर्ने खालको विशेष कार्यक्रम ल्याइने पनि बताए नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष तेज गुरुङले नेपालमा ह्याण्डबल खेलको धेरै सम्भावना रहेको र खेलाडीलाई हौसला दिन सके अन्तरराष्ट्रिय प्रतियोगितामा पदक ल्याउन सकिने विश्वास व्यक्त गरे प्रतियोगितामा पाँच वटै विकास क्षेत्र, सशस्त्र प्रहरी र नेपाली सेनाका महिला तथा पुरुष गरी सात सात टोलीले भाग लिएका छन् । प्रतियोगिता यही पुस २२ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार ०४:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । नेपाली राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठलाई नियुक्त गरिएको छ । निवर्तमान कप्तान किरण चेम्जोङलाई टिममा समावेश नगरेपछि अखिल

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगको १०औं चरणका खेल समाप्त भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने

काठमाडौं । धनगढीको फाप्ला क्रिकेट मैदान र चितवनको गौतमबुद्ध क्रिकेट मैदानको निर्माण कार्यको कुरा सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको

काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि मंगलवार एएफसीले तालिका सार्वजनिक गरेको छ । एएफसीले

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३