प्रदेशको नाम र राजधानीमा विवाद नहुनेगरी टुङ्गो लगाउँछौंः मुख्यमन्त्री पोखरेल

गुल्मी । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले विवाद रहित स्थानमा प्रदेशको राजधानी तोकेर टुङ्गो लगाउने बताउनुभएको छ । गुल्मीको सदरमुकाम तम्घासमा मंगलवार आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले आपसी सहमतिमा प्रदेशको नामाङ्कन गरी उचित स्थानमा राजधानी तोकिने बताउनुभयो । यस्तै उहाँले सबैले दिपावली गर्ने गरी प्रदेशको नामाङ्कन र राजधानीको टुङ्गो लगाउने समेत दाबी गर्नुभएको छ ।

मन्त्री पोखरेलले उपयुक्त स्थानबारे विज्ञहरुले अध्ययन गरिरहेकाले प्रदेशको राजधानी यसै यसैवर्ष टुङ्गो लाग्ने पनि जानकारी दिनुभयो ।

अर्को प्र्रसंगमा मन्त्री पोखरेलले पहिलो वर्ष संघीयता कार्यान्वयनको वर्ष भएको भन्दै अब विकासको आधार बर्षको रुपमा जनताले उपलब्धि पाउने जिकिर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?