५५ वर्षगाँठमा नेविकोले लञ्च गर्यो नयाँ बिस्कुट : ‘बोस बटर क्रेकर’ ४० रुपैयाँमा

काठमाडौं । नेपालमा धेरै कम उद्योगहरु मात्र पूर्ण रुपमा सञ्चालन भैरहेको अवस्थामा सबैले चासोको नजरले हेरिएको उद्योग हो, नेविको प्रा. लि. । नेविको र बिस्कुट पर्यावाची जस्तै भइसकेका छन् ।

नेपालको पहिलो बिस्कुट उत्पादक कम्पनी नेविको ५५ वर्षगाँठ मनाईरहेको छ । गत शुक्रवार र शनिवार भाद्र ६ र ७ गते नेविकोले भब्य रुपमा डिलर्स भेटघाट २०१९ Dealer’s Meet 2019 भव्य कार्यक्रमका बिच मनाएको छ ।

सो कार्यक्रममा डिलरहरुसँग अन्र्तक्रिया गरी आउँदो दिनमा नेविको अझ बढी सशक्त रुपमा उच्च Quality लिएर कसरी प्रस्तुत हुने भन्ने विषयमा कार्ययोजना तयार गरिएको छ ।

५ दशकदेखि नेपाली मन जित्न सफल नेविको आज पनि उत्तिकै लोकप्रियता हासिल गर्न सफल ब्रान्ड हो । नेपाली बजारमा उत्कृष्ट स्थान बनाउन सफल यस कम्पनीलाई अझ सशक्त बनाएर लैजाने विषयमा छलफल गरिएको थियो । देशैभरीबाट भेला हुनुभएका एक सय भन्दा धेरै डिलरहरुसँग सफलताको लागि छलफल गरिएको थियो ।

बिस्कुट भन्नासाथ ग्राहकको रोजाईमा झटपट नेविको आउने भएकोले अझ सशक्त र उपभोक्ता मन जित्ने गरी होमवर्क थालिएको कम्पनीका ब्रान्ड म्यानेजर अरुण पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो, “अन्य प्रोडक्ट जस्तै यो नयाँ प्रोडक्ट पनि उपभोक्ताले रुचाउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौँ । ”

सो अवसरमा नेवीकोले फेरी अर्को प्रोडक्ट बोस बटर क्रेकर Boss Butter Craker बजारमा ल्याएको छ, जसको मुल्य ४० रुपैयाँ छ ।

नेपालि चलचित्रका अभिनेता शिव श्रेष्ठ, कार्यकारी निर्देशक राजेश रौनियार, जेनरल म्यानेजर केशव भट्टराई लगायत कम्पनीका अन्य उच्च पदस्थ ब्वस्थापक बाट नै प्रोडक्टको लञ्च गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?