पुडासैनी मृत्यु प्रकरण: प्रहरीको अनुसन्धानमा चितवन अदालतले गर्‍यो यस्ता शंका (पूर्णपाठसहित)

काठमाडौं। माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतले प्रहरीले गरेको अनुसन्धान र लगाएको आरोपमा विभिन्न शंका गरेको छ।

मुख्य न्यायाधीश हेमन्त रावल इजलासले सोमबार साँझ गरेको थुनछेक आदेशमा पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियो अरु कसैले खिचेको आशंका गरेको छ।

यसैगरी भिडियो खिचिएको समय र पुडासैनी झुन्डिएको समयमा धेरै फरक देखिन सक्ने अवस्था भएकाले यसलाई मृत्यु लगत्तै अगावै रेकर्ड गरिएको मान्न सक्ने अवस्था नभएको र यसलाई ‘डाइङ डिक्लरेसन’ पनि भन्न नमिल्ने अवस्था भएको अदालतको आदेशमा उल्लेख छ।

भिडियोबाहेक प्रमाणका रुपमा प्रहरीले अरु केही पेश गर्न नसकेको र भिडियोलाई ‘डाइङ डिक्लरेसन’ भन्न नमिल्ने अवस्था रहेको न्यायाधीश रावलले आदेशमा भन्नुभएको छ ।

भिडियो रेकर्ड हुँदा पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोग लिएको अदालतको ठहर छ।

हेर्नुहोस् पूर्णपाठसहित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?