एक महिनामा डलरको भाउ ५ रुपैयाँले बढ्यो

काठमाडौं । अमेरिकी डलरको भाउ बढेको छ । एक महिनामा अमेरिकी डलरको भाउ ५ रुपैयाँले बढेर अहिले ११५ रुपैयाँ ५४ पैसा पुगको छ ।

अमेरिका-चीन व्यापार युद्धका कारण विस्तारै उक्लिन थालेको डलरको भाउ भारतले जम्मुकस्मिर बारे लिएको महत्वपूर्ण निर्णयका कारण बढेको हो ।

भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ । किनभने नेपाली र भारतीय रुपैयाँबीच स्थिर बिनिमय दर (१०० भारु बराबर १६० नेपाली रुपैयाँ) छ । भारुमा आउने तरङले नेपाली रुपैयाँलाई पनि असर पार्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?