Samsung Galaxy Note 10 नेपाली बजारमा, कति पर्छ मुल्य ? (हेर्नुहोस् विशेषतासहित)

काठमाडौं । सामसुङको samsung note galaxy 10 र samsung note galaxy 10 plus नेपाली बजारमा आएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सामसुङले आफ्नो नयाँ स्मार्ट फोन आजैबाट उपलब्ध हुने बताएको छ ।

बेस्ट–अफ–द–बेस्ट प्रविधि एवं सुविधाहरूका साथ samsung note 10 स्मार्ट फोन नेपाली बजारमा आएको हो ।

यसको सोफेस्टीकेटेड डिजाइनले प्रयोगकर्तालाई बेग्लै अनुभव प्रदान गर्दछ । samsung note galaxy 10 मोबाइल फोन सिल्क, स्लिम तथा डिस्ट्र्याक्सन –फ्रि बन्न पुगेको छ ।
यसले गर्दा प्रयोगकर्तालाई आइडिया, प्रोजेक्ट तथा कन्टेन्टका विषयमा अझ धेरै आकर्षित बनाउने छ । ग्यालेक्सी नोट १० को डिस्प्ले सामसङको अहिलेसम्मकै उत्कृष्ट रहेको कम्पनीको दावी छ । भौतिक निर्माणदेखि लिएर यसको अन्तरनिहीत प्रविधिको प्रयोग गरी प्रयोगकर्ताहरुले आफ्नो मनपरेको टिभी, मुभी तथा गेम खेल्न सक्नेछन् ।

features of samsung note galaxy 10 plus


-Memory 128GB, 8GB RAM, 512GB, 8 GB RAM, 1TB 12GB RAM
-Depth-sensing camera
-Quard camera
-16-megapixel ultra wide-angle lens
-12-megapixel wide-angle lens (main, dual-aperture camera)
-12-megapixel telephoto lens
-10-megapixel front-facing camera

features of samsung note galaxy

-10 -memory 128GB 8GB RAM, 512GB 8GB RAM
-camera triple 12MP, 12MP, 16MP
-fingerprint
-battery-3400MAH

नेपाली बजारमा samsung note galaxy 10 को मूल्य १ लाख १६ हजार तथा samsung note galaxy 10 plus को मूल्य १ लाख ३५ हजार तोकिएको छ । यी दुबै सेटको यही अगष्ट महिनाको २६ तारिखदेखि उपलब्ध हुनेछ ।

ग्यालेक्सी नोट १० Aura Black, Aura Glow तथा ग्यालेक्सी नोट १० प्लस Aura Black, Aura Glow, Aura White गरी विभिन्न आकर्षक रंगमा उपलब्ध छ ।

यी सेट नेपाल अधिराज्यका आधिकारिक आउटलेटहरुमा प्राप्त गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?