सुनको मूल्य घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार तोलामा ७३ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेर ७२ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

सोमबार सुनको मुल्य हालसम्मकै उच्च भएको थियो । यस्तै छापावाल सुन मंगलबार ७२ हजार ३ सयमा कारोबार भैरहेको छ ।
चाँदी भने ८ सय ६० मा कारोबार भएको महासंघले जनाएको छ। चाँदी सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?