युएस ओपनको दोस्रो चरणमा फेडेरर

एजेन्सी । स्विस टेनिस स्टार रोजर फेडेरर युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

मंगलबार भएको पहिलो चरणको खेलमा भारतीय खेलाडी सुमित नागललाई पराजित गर्दै फेडेररले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।

तेस्रो वरियताका फेडेररलाई छनोटबाट आएका बिना वरियताका सुमितले निकै चुनौती दिएका थिए । पहिलो सेटमा फेडेररलाई सुमितले ६-४ ले हराएका थिए ।

तर, दोस्रो सेटबाट पुनरागमन गरेका फेडेररले ६-१, ६-२ र ६-४ ले जित निकाल्दै दोस्रो चरणमा स्थान बनाउन सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?