साफ यू-१५: नेपाल र बंगलादेश भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । भारतमा जारी पाचौं संस्करणको साफ यू-१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले आज (मंगलबार) बलियो टोली बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको कल्याणीमा नेपालले तेस्रो खेलको रुपमा बंगलादेशसँग खेल्न लागेको हो । नेपालले दिउसो ३:१५ बजेपछि बंगलादेशसँग खेल्नेछ ।

कल्याणी रंगशालामा मैदान उत्रदा नेपाल स्पष्ट जितको खोजीमा हुनेछ । किनकी उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई शीर्ष दुईमा पर्दै फाइनलमा स्थान बनाउन बंगलादेशविरुद्ध स्पष्ट जित आवश्यक छ ।

नेपाल तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपालले २ खेलबाट ३ अंक जोडेको छ । ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । शीर्ष स्थानको भारतको पनि ६ अंक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?