रवि लामिछाने राजनीतिमा आउने संकेत

appharu
0
Shares

चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफ्नो प्राथमिकता पत्रकारीता नै भएको भएपनि राजनीतिको विकल्प पनि खुला रहेको बताउनुभएको छ ।

मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै प्रस्तोता लामिछानेले सम्भावनाको ढोकामा चुकुलमात्र लागेको तर ताल्चा नलागेको प्रतिक्रिया दिनुभयो ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा १० दिन हिरासतमा बसेका रवि सोमबार ५ लाख धरौटीमा रिहा हुनुभएको हो ।

हिरासतमा रहेकै बेला सार्वजनिक भएको एक अडियो अन्तर्वार्तामा लामिछानेले आफू रिहा भए पुडासैनी मृत्युको दोषी तीन मिनेटभित्रै पत्ता लगाइदिने भनाईबारे पत्रकार सम्मेलनमा रविले त्यसको जिम्मा प्रहरी प्रशासनको भएको र उनीहरुले नसकेमा आफूले गरेको वाचा पूरा गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?