रेलवे स्टेशनकी रानू मण्डलको आवाजको तुलना लता मंगेश्करसंग

appharu
0
Shares

एजेन्सी । भारतको पश्चिम बंगालको रानाघाट रेलवे स्टेसनमा गीत गाएर आफनो गुजार चलाईरहेकी रानूमण्डलको दिन एकएक परिर्वतन भएका छन् ।

रेलवे स्टेशनमा रानूले गाएको गीत एक यात्रुले रेकर्ड गरेर सोसल मिडियामा अपलोड गरेपछि त्यो भिडियो भाइरल बन्यो ।

गीत भाईरल भएपछि भारतीय गायक हिमेश रेशमियाले आफ्नो नयाँ फिल्म ‘ह्याप्पी हार्डी एण्ड हिर’को लागि‘तेरी मेरी कहानी’बोलको गीत रानूसँग रेकर्ड गराउनुभयो । स्टुडियोमा रेकर्ड गरिएको भिडियो हिमेशले सोसल मिडियामा सेयर गर्नुभएको छ ।

भिडियो कै कारण रानूको भेट छोरीसँग भएको बताईएको छ। आमा छोरीको १० वर्षदेखि सम्पर्क हुन सकेको थिएन।

रानू मण्डलको जीवन निकै कष्टकर थियो । उनको विवाह मुम्बाइमा बाबु मण्डलसंग भएको थियो । पतिको मृत्युपछि उनी आफ्नो घर रानाघाट फर्किएकी थिइन् । उनले त्यहीँको रेलवे स्टेशनमा गीत गाएर जीविकोपार्जन गर्ने गरेकी थिईन् ।

उनले गाएको ‘एक प्यारका नगमा है, मौजों कि रवानी है’बोलको गीत युट्युबमा भाइरल छ। उनको आवाज सुन्नेहरुले मण्डललाई लतामंगेश्करको आवाजसँग तुलना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?