अभिनेता दत्त राजनीतिक जिवनमा फर्कने मन्त्री महादेवको दावी

appharu
0
Shares

एजेन्सी । राष्ट्रिय समाज पक्षका संस्थापक एवम् क्याबिनेट मन्त्री महादेव जानकरले बलिउड अभिनेता सञ्जय दत्त राजनीतिमा फर्कन लागेको दावी गर्नुभएको छ ।

अभिनेता दत्त लगभग १० वर्षपछि २५ सेप्टेम्बरमा आफ्नो पार्टीमा सामेल हुन लागेको मन्त्री महादेवको भनाई उदृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् ।

आरएसपी महाराष्ट्र सत्तारुढ भाजपाको सहयोगी पार्टी हो । मन्त्रीका अनुसार आफ्नो पार्टीलाई विकास गर्न फिल्म क्षेत्रमा काम गर्न शुरु गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सञ्जय दत्त आफ्नो पार्टीमा प्रवेश गर्न लागेको पक्का भइसकेको छ ।

सञ्जय दत्तले सन् २००९ मा समाजवादी पार्टीको टिकटमा लखनउबाट उम्मेदवारी दिए पनि पछि फिर्ता लिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?