सुटिङ अघि नै सलमानको फिल्मले पायो १९० करोड


प्रकाशित मिति : १० भाद्र २०७६, मंगलवार ०७:४३

एजेन्सी । संजय लिला भंसालीको फिल्म ‘इंशाल्लाह’ ती फिल्ममध्येको एक हो । जसलाई दर्शकले व्यग्र प्रतिक्षा गरिरहेका छन् ।

यो फिल्ममा भंसाली र सलमान खान दुई दशकपछि सँगै फिल्म गर्दैछन् । दुबैको पछिल्लो फिल्म ‘हम दिल दे चुके सनम’ लाई निकै रुचाइएको थियो । यसबाहेक सलमान खान र आलिया भट्ट यस फिल्ममार्फत् एक–अर्काको अपोजिटमा देखिनेछन् ।

फिल्मको निकै लामो समयदेखि चर्चा भइरहेको छ र यसबारे थप रोचक खबर सार्वजनिक भएको छ । फिल्मको थिएट्रिकल राइट्स (थिएटरमा देखाउने अधिकार) जुन मूल्यमा बेचिएको छ त्यो सुनेर तपाईं अचम्मित हुनुहुनेछ ।

रिपोर्टका अनुसार भंसालीले यो फिल्मको थिएट्रिकल राइट्स १६५ करोड भारुमा बेचेका छन् । यसबाहेक उनले प्रोमोशन र विज्ञापनका लागि २५ करोड भारु लिएका छन् ।

यसरी फिल्मको मूल्य १९० करोड भारु पुगेको छ । यो हेरेपछि फिल्मको डिजिटल र सेटलाइट राइट्सले पनि उच्च मूल्य पाउने आशा गरिएको छ । फिल्म सन् २०२० मा रिलिज हुनेछ र चाँडै नै यसको सुटिङ सुरु हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस
भारतीय गायक कक्कर नेपाल आउँदै

बलिउड गायक टोनी कक्कर नेपाल आउनुहुने भएको छ । आफ्नो गायकीबाट अत्याधिक स्रोता

मी टू आरोपित अनु मलिकको इन्डियन आइडलमा कमब्याक

एजेन्सी । मी टूको आरोप लागेका इन्डियन आइडल रियालिटी शोका जज अनु मलिकको

सलमानको ‘दबंग–३’ को फर्स्टलुक सार्वजनिक

एजेन्सी । सलमान खानको आगामी चलचित्र ‘दबंग–३’को फर्स्टलुक सार्वनजिक भएको छ। सलमान खानले

सन्नी लियोनी भोली नेपाल आउँदै

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन् । फिल्म ‘पासवर्ड’को