यी हुन् २०१७ मा सर्वाधिक कमाउने विश्वका १० सिनेमा

सन् २०१७ मा विश्वभर निर्माण भएका सिनेमामध्ये सबैभन्दा धेरै व्यापार गर्ने दस सिनेमाहरू यस प्रकार रहेका छन् । यी चलचित्रले पैसा मात्रै धेरै कमाएनन् चर्चा पनि उत्तिकै पाए ब्युटी एन्ड द बिस्टयो वर्षको सबैभन्दा धेरै कमाइ गर्ने सिनेमा बन्यो ‘ब्युटी एन्ड दी बिस्ट’ । विश्वभर चार हजार दुई सय १० पर्दामा रिलिज भएको यो सिनेमाले एक बिलियन दुई सय ६३ मिलियन डलर ग्रस कलेक्सन गर्‍यो । बिल कन्डनले निर्देशन गरेको सिनेमा एक सय ६० मिलियन डलरको लागतमा बनेको थियो दी फेट अफ दी फ्युरिएससर्वाधिक कलेक्सन गर्ने दोस्रो सिनेमा बन्यो ‘दी फेट अफ दी फ्युरिएस’ । यो सिनेमाले एक बिलियन दुई सय ३५ मिलियन डलर कमाइ गर्‍यो । एफ, ग्यारी ग्रेको निर्देशनमा बनेको सिनेमा दुई सय ५० मिलियन डलरमा निर्माण भएको हो स्टार वार्स : दी लास्ट जेडीवर्षको अन्त्यमा रिलिज भएको ‘स्टार वार्स : दी लास्ट जेडी’ ले अहिले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । सिनेमाले तेस्रो सातासम्म एक बिलियन ५६ मिलियन डलर कलेक्सन गरेको छ । रियन जोनसनले निर्देशन गरेको सिनेमाले नयाँ वर्षमा पनि कमाइ जारी राखेको छ । अहिलेसम्म यो पहिलो नम्बरको ‘ब्युटी एन्ड दी बिस्ट’ भन्दा दुई सय सात मिलियनपछि छ । दुई सय मिलियन डलरमा यो चलचित्र निर्माण भएको हो डिस्पेकेबल मी ३चौथो नम्बरमा रहेको ‘डिस्पेकेबल मी ३’ ले एक बिलियन ३१ मिलियन डलर कलेक्सन गरेको छ । क्येल बाल्डा, पियर कफिन र एरिक गिलेन संयुक्त रूपमा निर्देशन गरेको सिनेमा ८० मिलियन डलरमा निर्माण भएको हो स्पाइडर म्यान : होमकमिङसन् २०१७ मा रिलिज भएका सिनेमामध्ये आठ सय ८० मिलियन डलर कलेक्सन गर्दै ‘स्पाइडर म्यान : होमकमिङ’ पाँचौं नम्बरमा परेको छ । जोन वाट्सले निर्देशन गरेको यो सिनेमा एक सय ७५ मिलियन डलरको लागतमा निर्माण भएको हो उल्फ वारियर–२सन् २०१७ को जुलाई अन्तिममा रिलिज भएको चाइनिज सिनेमा ‘उल्फ वारियर २’ आठ सय ७० मिलियन डलर कमाउँदै छैटौं नम्बरमा परेको छ । यो सिनेमा बजेट ३० दशमलव एक मिलियन डलरको लागतमा निर्माण भएको हो गार्डिइन्स अफ दी ग्यालेक्सी भोल्युम–२मे ५ मा रिलिज भएको ‘गार्डिइन्स अफ दी ग्यालेक्सी भोल्युम–२’ ले आठ सय ३० मिलियन डलर कमायो । दुई सय मिलियन डलरमा निर्माण भएको यो सिनेमाका निर्देशक जेम्स गन हुन् थोर : रग्नारकसर्वाधिक कमाइको आठौं नम्बरमा ‘थोर : रग्नारक’ परेको छ । यो सिनेमाले आठ सय ४८ मिलियन डलर कलेक्सन गरेको छ । एक सय ८० मिलियन डलरमा निर्माण भएको सिनेमालाई तैका वाइटिटीले निर्देशन गरेका हुन् । यो चलचित्र अहिले पनि चलिरहेको छ वन्डर उमनकमाइको नवौं नम्बरमा एक सय ४९ मिलियन डलरको लागतमा बनेको ‘वन्डर उमन’ छ । प्याटी ज्यान्किसले निर्देशन गरेको सिनेमाले विश्वभरबाट ८ सय २१ मिलियन डलर कमाएको छ ‘पाइराइट्स अफ दी क्यारेबियन : डेड मेन टेल नो टेल्ससर्वाधिक कमाइको दसौं नम्बरमा सात सय ९४ मिलियन डलर कमाउँदै ‘पाइराइट्स अफ दी क्यारेबियन : डेड मेन टेल नो टेल्स’ परेको छ । दुई सय ३० मिलियन डलरमा निर्माण भएको यो सिनेमा जोकिम रोनिङ र एसपेन स्यानबर्गले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।-अन्नपूर्ण पोस्टबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?