श्रद्धा भन्छिन् ‘नायिका हुनुभन्दा पहिले चोर बजारबाट सामान किन्थे’

appharu
0
Shares

एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपूरलाई फिल्म ‘बत्ती गुल मिटर चली’ ले भन्दा फिल्म ‘स्त्री’ थोरै राहत दिलाएको थियो ।

पछिल्लो समय उनी अभिनित फिल्म ‘साहो’ चर्चामा छ । यो फिल्मबाट उनी निकै उत्साहित पनि छिन् । उनले प्रभाससँग फिल्म खेल्न पाउनुलाई मौकाका रुपमा हेरेकी छिन् ।

एक अन्तर्वार्ताका क्रममा उनले अभिनेत्री बन्नभन्दा पहिले आफूले चोर बजारमा जाने गरेकी बताइन् । अन्तर्वार्ता दिँदै उनले आफूले चोर बजार गएर सामान खरिद गर्ने गरेको बताइन् ।

साथै उनले सामाजिक सञ्जालमा खासै महत्त्व नदिने पनि बताइन् । उनले भनिन्, ‘यदि मैले सामाजिक सञ्जालमा नै समय दिएँ भने काम कतिबेला गरुँ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?