‘सिधाकुरा जनतासँग’मा मृतक पुडासैनी सम्बन्धी तत्काल कुनै कार्यक्रम बनाउन नपाउने, कारण यस्तो

काठमाडौं । शालिकराम पुडासैनी मृत्यु प्रकरणको मुद्दा किनारा नलागेसम्म सञ्चारकर्मी रवि लामिछानेले ‘सिधाकुरा जनतासँग’ कार्यक्रममा मृतक पुडासैनी सम्बन्धी कुनै कार्यक्रम बनाउन नपाउनुहुने भएको छ । पुडासैनी मृत्यु प्रकरणमा फैसला सुनाउँदै जिल्ला अदालत चितवनले ‘सिधाकुरा जनतासँग’ कार्यक्रममा सो मुद्दाको किनारा नलागेसम्म मृतक पुडासैनी सम्बन्धी कुनै कार्यक्रम नबनाउन आदेश जारी गरेको हो ।

यस्तै, रविले विदेश जाँदा अदालतको अनुमति लिनुपर्ने भएको छ । रविसँगै अर्का पत्रकार युवराज कँडेलले पनि विदेश जाँदा अदालतको अनुमति लिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?