हार स्वीकारे कमल थापाले, गले पार्टी बैठकमा

काठमाडौँ, २० पुस – प्रदेशसभा र प्रतिनिधिसभाको चुनावी परिणामपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको समीक्षा बैठक बुधबारदेखि राजधानीमा सुरु भएको छ । बैठकको प्रारम्भ गर्दै पार्टी अध्यक्ष कमल थापाले चुनावमा पार्टीले अनपेक्षित हार बेहोर्नुपरेको भन्दै त्यसको नैतिक जिम्मेवारी आफूले लिने बताएका थिए । यद्यपि अर्को चुनावसम्ममा पार्टी संगठन बलियो पारी पुन: जनमत बटुल्ने दृढता उनले राखेका थिए, कान्तिपुरमा खबर छ  ‘पार्टीमा देखिएका कमीकमजोरी सुधार्दै पुन: बलियो पार्टी बनाउनेतिर काम गर्ने दृढता अध्यक्षज्यूबाट आएको छ,’ महामन्त्री एवं प्रतिनिधिसभामा प्रत्यक्षबाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले भने गत मंसिर १० र २१ गते भएको चुनावमा प्रतिनिधिसभामा लिङ्देन मात्र झापा–३ बाट विजयी बनेका थिए । एमालेसहितको तालमेलका कारण उनी त्यहाँ विजयी बने । अध्यक्ष थापासहित अन्य पदाधिकारी र केन्द्रीय नेताहरू सबै निर्वाचन क्षेत्रबाट हार बेहोरेका थिए अघिल्लो पटक चौथो राजनीतिक शक्ति बनेको राप्रपा यस पटक भने समानुपातिकमा समेत ३ प्रतिशत मत ल्याउन नसकी राष्ट्रिय पार्टी हुन सकेन । केन्द्रीय समिति बैठकमा त्यसको विस्तृत समीक्षा हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?