रवि लामिछानेसहित ३ जना हिरासतमुक्त, अदालतबाट आयो यस्तो आदेश

appharu
0
Shares
तस्विर: गुगल

काठमाडौं । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका चर्चित संचारकर्मी रवि लामिछानेसहित ३ जना हिरासतमुक्त भएका छन् । न्यायाधीश हेमन्त रावलको एकल इजलासले रविसहित तीनै जनाले रिहाई गरेको हो । गत साउन ३० गते शालिकरामले मर्नुअघि रेकर्ड गरेको भिडियोमा ३ जनाको नाम पोलेका लामिछानेसहित पत्रकार युवराज कंडेल र शालिकरामको प्रेमिका रुकु भनिने अस्मिता कार्कीलाई अनुसन्धानको लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मृत्यु हुने पनि पत्रकार र मृत्युअघि रेकर्ड गरिएको भिडियोमा नाम पोलेका उनीहरु पूर्व सहकर्मी तथा पत्रकार नै भएका कारण प्रहरीले मिहिन ढंगले अनुसन्धानका लागि प्रहरीले रवि लामिछानेसहित तिनै जनालाई १० दिनसम्म हिरासतमा राखेको थिए । उनीहरु विरुद्द बलियो प्रमाण जुट्न नसकेपछि प्रहरीले आज हिरासतमुक्त गरेको हो ।

पुडासैनी गत साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले आफुलाई रवि लामिछानेसहित युवराज कंडेल र रुकु भनिने अस्मिता कार्कीले आत्महत्या गर्न दुरुत्साहन भन्दै मोबाइलमा भिडियो रेकर्ड गरेका थिए । मुचुल्का उठाउने त्र्रmममा परिवार तथा प्रहरीले सो भिडियो र सामानहरुबारे मिडियामा जानकारी गराएका थिए । उनको मृत्युको खबरपछि पुडासैनीका परिवार चितवन पुगेको थियो । साउन २९ गते सो भिडियो नेपाल आजबाट सावर्ज्निक भएपछि प्रहरीले तीनै जनालाई साउन ३० अनुसन्धानको लागि पक्राउ गरेको थियो । चर्चित पत्रकार रवी लामिछानेलाई कार्यकक्षबाटै पक्रिएको विषयमा यत्रयत्र विरोध सुरु भइसकेको थियो । यद्यपी रात परिसकेको हुनाले सामाजिक सञ्जालमार्फत नागरिक समाज, सर्वसाधारण ले विरोध जनाएका थिए ।

रिर्पो्टिका लागि चितवन पुगेका माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महतया वा हत्या भन्ने विषयबारे खोजतलास र अनुसन्धान गरिरहेको प्रहरीले
उनले मर्नुअघि रेकर्ड गरेको भिडियो प्राप्त गरेपछि नयाँ शिराबाट अध्ययन गर्नै लाग्दा भिडियो बाहिरीएको थियो । त्यसपछि घटनाले नयाँ मोड लिएको थियो ।

रवि लामिछाने पक्राउ परेपछि उनका हजारौँ समर्थकहरु विरोधमा उत्रिएका थिए । रविलाई फसाउन खोजेको भन्दै साउन ३१ गतेदेखि समर्थकहरु देश तथा विदेशका विभिन्न शहर र चोकहरुबाट प्रदर्शन गरेका थिए । वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित अन्य कलारहरुले समेत सत्यतथ्य तथा यथार्थ छानबिनका लागि माग गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । रवि लामिछाने पक्राउ पछि पत्रकार ऋषि धमलाले त आफू पनि ५७ दिन हिरासतमा बसेको र नआत्रिन भन्दै अन्तर्वार्ता नै दिनुभएको थियो । उहाँले हिजोमात्रै पत्रकार तथा सिनेकर्मी कलाकारसँग अन्तक्रिया गर्नुभएको थियो । यो घटनाले सडकदेखी सदनसम्म तताएको थियो ।
कतिपय सञ्चारकर्मी तथा पत्रकारहरुले खुलेरै रवि लामिछाने विरोध गरेका थिए । यूट्युवरहरुले भने उनको समर्थनमा निकै भिडियो बनाए । यो बिचमा युट्वरहरुले धेरै कोणबाट फैसला सुनाउने काम पनि गरे । घटनापछि उनका दाई हरिशरण लामिछाने तथा बुढी आमै पनि हिरासतमा पुगेर भेटेका थिए । उनी पक्राउ परेकै दिनदेखि नयूज २४ ले फलोअप ब्रेकि गरिनैरहेको छ । सिधा कुरा कार्यक्रम बन्द छ । एक दिन खाली कुर्सी देखाएर कार्यक्रम बन्द गरिएको थियो । यो प्रतिकात्मक बिरोध स्वरुप थियो । यो बिचमा १३ दिनको काम सकाएर पुडासैनीकी श्रीमती उजुरी दर्ता गर्न सकेत पुगिन् । उनले किटानी जाहेरी नै दिईन् ।

त्यसपछि भिडियो बाहिरीएको भन्दै केहिको नाम किटेर रवि लामिछाने पत्नी निकीता पनि प्रहरीकोमा किटानी जाहेरी दिन गईन् तर प्रहरीले जाहेरी लिन मानेन । चितवन नै जान सुझायो । यो बिचमा आईजीपी खनालले पनि रविलाई हिरासतमा भेटेका थिए । पछिल्लो समय आफूलाई भेट्न जानेहरुलाई उनले आफ्नो उचाईबाट मानिसहरु तर्सिएको र विनाकारण आफूलाई फसाईएको भनिरहेका थिए । उनले आफू निस्केको ५ मिनेटमा सत्यतथ्य बाहिर ल्याईदिने बताइरहेका थिए ।
सडकदेखी सदनसम्म र सामाजिक सञ्जाल तातिरहेकै बेला शनिबार घटनाबारे नयाँ खुलासा भयो। कान्तिपुरले मृतक पुडासैनीले अस्मितालाई बारम्बार टर्चर दिएको नयाँ तथ्य फेला पारि प्रकाशन गर्यो ।

सोसंगै आइतबार पुडासैनीले ‘गलफ्रेन्ड’सँग भेट्न छुट्टै कोठा लिएको तथ्य पनि सार्वजनिक भएको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले बिदा र फुर्सदको समयमा प्रेमिकालाई भेट्न टोखा नगरपालिका वडा नं। ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको हो।

महानगरीय प्रहरी परिसरको टोलीले पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात समेत बरामद गरेको थियो । प्रहरीले टोखा नगरपालिका वडा नं। ११ का वडाध्यक्ष उत्तम अधिकारीको रोबहरमा गत बिहीबार कोठा खोलेर खानतलासी गरेको थियो। पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, सेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बरामद गरिएको थियो ।
उनकी श्रीमती र अस्मिताको च्याट पनि फेला परेको छ ।
शालिकरामले उल्टै अस्मितालाई पीडा दिएको र उनी बाँचेको भए महिला हिंसाविरुद्ध उजुरी दिनमिल्ने उनका वकिलले बताएका छन् ।
उनीहरुको रिहाईसँगै अब गर्न मिल्ने भएका छन् ।
मानिसहरुले सामाजिक सञ्जालमा न्यायको जित भएको तथा सिधा कुरा जनतासँग अझ सशक्त ढंगले आउने प्रतिक्रियासहित स्टाटस लेखेका छन् । सडकमा बाक्लो संखयामा उनका समर्थकहरु खुसीयाली मनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?