रवि लामिछानेसहित तीनै जनाको बैंक स्टेटमेन्ट हेरिने

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीको बैंक खाता खोज्न भन्दै प्रहरीले राष्ट्र बैंकलाई परिपत्र गरेको छ । आत्महत्या गर्नुअघि पुडासैनीले बनाएको भिडियोमा अकुत सम्पत्ति कमाएको भन्ने आरोप लागेपछि प्रहरीले तीनै जनाको बैंक स्टेटमेन्ट माग गरेको हो ।

आत्महत्या गर्नुअघि पुडासैनीले विभिन्न व्यापारीहरुबाट रविले मोटो रकम उठाउने गरेको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?