रवि लामिछानेको बयानमा यस्तो विवाद देखिएपछि…

काठमाडौं । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका संचारकर्मी रवि लामिछानेले दिएको बयानमा विवाद उत्पन्न भएको छ ।
लामिछानेको बयान न्यूज २४ का क्यामराम्यान अनिल ढुंगेलसंग नमिलेपछि विवाद उत्पन्न भएको हो ।

प्रहरीसँगको बयानमा रविले शालिकरामकी प्रेमिका भनिएकी अस्मितालाई चितवनको थुनुवा कक्षमा मात्रै चिनेको बताउनुभएको छ ।

तर, रविले आत्महत्याको दुई-तीन दिनअघि अस्मिता न्युज २४ को कार्यालयमा आएको र क्यामराम्यान अनिल ढुंगेललाई भेटेर आफ्नो समस्या राखेको भन्ने कुरा आफूले सुनेको बताउनुभएको छ ।

ढुंगेलले बयानको क्रममा रवि र दीपकको सल्लाहमा नै अस्मितालाई न्यूज २४ को कार्यालय देखिने गरी सेल्फी खिच्न आग्रह गरेको बताउनुभयो ।

पछि पनि अस्मिताले मलाई १–२ पटक फोन गरेर सहयोग गरिदिनुपर्यो भनेकीले दीपक बोहरा र रवि लामिछानेको सल्लाहअनुसार अस्मितालाई प्रहरीमा जान समेत आग्रह गरेको ढुंगेलले बयानमा उल्लेख गर्नुभएको छ ।

बयानमा उहाँले शालिकरामले आत्महत्या गरेको भोलिपल्ट २ः३० बजे दीपक बोहरा र रवि आफै अस्मितालाई भेट्न ग्रिन सिटी अस्पताल पुगेको पनि बताउनुभयो ।

यता, अस्मिताले पनि घटनापछि आफूलाई न्यूज२४ बाट भिडियो बाइट दिनका लागि पटक–पटक फोन आउने गरेको बयानमा उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?