पर्यटनमन्त्री भट्टराईले सार्वजनिक गरे यस्ता लोभलाग्दा योजना

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजना सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरेर उहाँले आफ्नो भावी कार्ययोजना सार्वजनिक गर्नुभएको हो । मन्त्री भट्टराईले नेपालमा संचालित विभिन्न वायुसेवा कम्पनीसँग छलफल गरेर वृद्धवृद्धालाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने प्रतिवद्धता समेत जनाउनुभयो ।

यस्तै उहाँले पशुपतिनाथ मन्दिर क्षेत्रलाई थप व्यवस्थित बनाउने जनाउँदै उहाँले शवदाह गृहमा मेसिन थप्ने, पशुपति क्षेत्र जेष्ठ नागरिकमैत्री बनाउने, पशुपति क्षेत्रस्थित बागमती आरती लाइभदेखि मन्दिरमा नियमित प्रसाद वितरणसम्म योजना रहेको बताउनुभयो ।

यस्ता छन् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि पर्यटनमन्त्रीका याेजनाः

  • यस विमानस्थललाई बुटिक अवधारणा अनुरुप रुपान्तरण गर्न तोकिएका कार्यहरु समयमै सम्पन्न गर्ने । 
  • यस विमानस्थलमा ब्यागेज क्लियरेन्सको कार्य ३० मिनेट भित्र सम्पन्न हुने व्यवस्था मिलाउने ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने ।
  • बायोमेट्रिक यात्रुजाँच प्रविधि र अनलाइन भिषा र  इ-पेमेन्टको प्रबन्ध मिलाउने ।
  • अध्यागमन सेवा, यात्रु लगेज सेवा र विश्रामस्थल लगायतका महत्वपूर्ण स्थानहरुको सी सी क्यामरा मार्फत प्रत्यक्ष निगरानी गर्ने र तत्काल पृष्ठपोषण र सुधार गर्ने प्रणाली विकास गर्ने ।
  • अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप आधारभूत सेवाको व्यवस्थापन र अनुगमन गर्ने ।
  • सेवाको गुणस्तरको मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था (ACI World) बाट ग्रेडिङ गर्ने । 
  • आन्तरिक उडान तर्फ सम्माननीय (Big Six) लाईमात्र सवारी साधन सहित विमान नजिक जान पाउने व्यवस्था  गर्ने । 
  • साथै, VIP Movement सम्बन्धी मापदण्ड परिमार्जन गर्ने । 
  • विमानस्थलबाट संचालन हुने पर्यटकीय सवारी साधनमा जीपीएस प्रणाली राख्ने व्यवस्था मिलाउने ।
  • पर्यटकीय ट्याक्सी चालकलाई निर्धारित पोशाक र व्यवहारगत तालिम दिने ।
  • डिजिटल प्रविधि समेतबाट पृष्ठपोषण लिने व्यवस्था गरी निरन्तर विश्लेषण तथा आवश्यक सुधार गर्ने । 
  • विमानस्थलभित्रका पसलबाट उपलब्ध हुने Food and Beverage को मूल्य निर्धारणको सुझाव दिन कार्यदल गठन गरी सुझाव प्राप्त गर्ने तथा कार्यान्वयन गर्ने ।
  • अन्तर्राष्ट्रिय प्रस्थान कक्षतर्फ Duty Free Shop को व्यवस्था गर्ने ।
  • नेपाल पर्यटन बोर्डको सूचना डेस्कमा धेरै पर्यटक आउने प्रमुख मूलुकका नागरिकले बोल्ने (अंग्रेजी, चिनिया र हिन्दी) भाषाका सहयोगी तथा सूचना ब्रोसर राख्ने । 
  • ट्रान्जिट यात्रुका लागि सुविधा सम्पन्न लाउन्ज व्यवस्था गर्ने ।
  • साझा यातायात एवम् पर्यटक यातायात संस्थाहरुसंगको छलफल एवं सहकार्यमा विमानस्थलबाट शहरका विभिन्न पर्यटकीय क्षेत्रमा सटल बस सञ्चालन गर्ने व्यवस्था मिलाउन सम्भाव्यताको अध्ययन गर्ने ।
  • Transit यात्रुलाई सहज हुनेगरी आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने बाटोलाई व्यवस्थित गर्ने । 
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारणलाई भूमिगत (Underground) गर्न नेपाल आयल निगमलाई अनुरोध गर्ने र यसका लागि आवश्यक जमीनको प्रवन्ध नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?