विवादित विज्ञापन विधेयक प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘विज्ञापन (नियमन गर्ने) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदनसमक्ष पेश भएको छ ।

उक्त विधेयक विकास तथा प्रविधि समितिमा झण्डै एक महीनासम्म दफावार छलफल भई आज पेश भएको हो । विकास तथा प्रविधिसमितिका सभापति कल्याणीकुमारी खड्काले सो प्रतिवेदन पेश गर्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्का बैठक यही भदौ १० गते अपराह्न ३ बजे बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?