शेयर बजार: नेप्से परिसूचक ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ ।

साताको आज दोस्रो दिन नेप्से ६ दशमलव ४९ बिन्दुले घटेर एक हजार २०३ दशमलव १३ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १ दशमलव ०७ बिन्दुले घटेर २६२ दशमलव ३७ मा पुगेको छ ।

नेप्से घटेपनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १७२ कम्पनीको १६ लाख तीन हजार ३२६ कित्ता शेयर ३८ करोड पाँच लाख ९६ हजार ५७१ मा कारोबार भयो । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहको शेयर नै आज ओरालो लागेको छ ।

बैंकिङ ४ दशमलव ८५, होटल १४ दशमलव ३३, विकास बैंक ४ दशमलव ०८, जलविद्युत् ८ दशमलव ८८, वित्त २ दशमलव ४७, निर्जीवन बीमा २८ दशमलव ३६, उत्पादन २२ दशमलव ५२, अन्य ४ दशमलव ४८, लघुवित्त ० दशमलव ८१, जीवन बीमा ६८ दशमलव ०३ र सामूहिक लगानी कोष ० दशमलव ०६ बिन्दुले घटेको छ ।

सोमबार प्रभु बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोवार भएको छ । सो बैंकको १० करोड २१ लाख ६१ हजार ७८४ बराबरको कारोवार भयो । यस्तै नविल बैंक एक करोड ७९ लाख २९ हजार ३०, नेपाल बैंक एक करोड ६७ लाख ११ हजार ६५४, एनआइसिएशिया बैंक एक करोड ३८ लाख ८२ हजार ३९७, नेपाल लाइफ इन्स्योरेन्स ९२ लाख ८६ हजार र रसुवागढी जलविद्युत् कम्पनी ८५ लाख ४६ हजार ७९० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज साल्ट टे«डिङ कम्पनीका शेयरधनीले ४ दशमलव ८७ प्रतिशतले कमाएका छन् । यस्तै मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ४ दशमलव ६७, आँधीखोला लघुवित्त वित्तीय संस्था ३ दशमलव ८०, कर्णाली डेभलपमेन्ट बैंक ३ दशमलव ७७, र सबैको लघुवित्त वित्तीय संस्था ३ दशमलव ७५ प्रतिशतले कमाए ।

यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनी ६ दशमलव ३३, आँखु खोला जलविद्युत् कम्पनी ५ दशमलव ९७, एनआइबिएल प्रगति फण्ड ५ दशमलव ४५, सिर्जना फाइनान्स ४ दशमलव ४१, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ४ दशमलव ३० र रसुवागढी हाइड्रोपावर कम्पनीका शेयरधनीले ४ दशमलव १० प्रतिशतले गुमाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?