भरुवा बन्दुकसहित एक जना पक्राउ

बर्दिया । प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई बर्दियामा पक्राउ गरेको छ । आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया र अस्थायी प्रहरी पोष्ट लक्ष्मणाबाट खटिएको प्रहरी टोलीले बाँसगढी नगरपालिका–९ माछागढ बस्ने ३२ वर्षीय धनबहादुर रानामगरलाई उनकै घरबाट एक नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ परेका रानामगरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?