२ जेष्ठ २०७९, सोमवार

गृह र प्रधानमन्त्री कार्यालयमै बिचौलिया

२०७४,पुष,२०,बिहीवार ०१:०६

0
Shares

काठमाडौं, २० पुस- सरकारले विपन्न र गरिबका नाममा वितरण गर्ने करोडौं आर्थिक सहायता बिचौलियाको नियन्त्रणमा जान थालेको छ। गृह मन्त्रालयको प्रस्तावमा बाँडिँदै आएको रकम वास्तविक दीन, दु:खी र गरिबसम्म भने थोरै मात्रै पुग्ने गरेको छगृहको लेखा शाखाकै अध्ययनले भन्छ, पछिल्लो समयमा आर्थिक सहायता पाएकामध्ये १५ प्रतिशत मात्रै वास्तविक पीडित छन्। ‘सहायता पाउने ८५ प्रतिशत सोर्सफोर्सधारी छन् र १५ प्रतिशत मात्रै वास्तविक विपन्न र गरिब छन्’, लेखा शाखाका एक अधिकारीले भने। उनले सहायता दिलाउन थुप्रै समूह सक्रिय रहेको र ती नियमित मन्त्रालय आउने बताएलेखा शाखाका ती अधिकारीका अनुसार पेसेवरजस्तै बनिसकेका व्यक्तिहरू आर्थिक सहायताका लागि गृहमा निवेदन दिने, निवेदन लिएर प्रधानमन्त्री कार्यालय जाने, मन्त्रिपरिषद्मा निर्णय गराउने र गृह मन्त्रालयमा चेक बुझ्न विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी लिएर आफैँ आउने गर्छन्गृहको लेखा शाखा तीन-चार महिनादेखि आर्थिक सहयोग वितरण शाखाजस्तो बन्न पुगेको छ। पहिला सहायता वितरण गर्न एक जना मात्रै कर्मचारी राखिएकोमा पछिल्लो समय तीन जना खटाइएको छ। सरकारले गृह मन्त्रालयको प्रस्तावमा पछिल्लो साउनदेखि मंसिरसम्मको अवधिमा मात्रै एक हजार आठ सय ४५ जनालाई ३२ करोडभन्दा बढी रकम बाँडिसकेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रकाशित मिति: २०७४,पुष,२०,बिहीवार ०१:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएका एमालेका उम्मेदवार केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्नेछन् । मतदानका

सिराहा । स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार हुने मतदानका लागि कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलताको आधारमा तालिमप्राप्त कुकुरसहितका प्रहरीले सिराहाका विभिन्न

१  भोलि निर्वाचन, देशैभर मतदान हुने, स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन आयोगद्वारा जानकारी २  काठमाडौं महानगरमा १५६

१  मतदान गर्न अब २ दिन बाँकी, मौन अवधि कायमै, सबै सीमा नाकाहरु बन्द, सुरक्षा व्यवस्था चुस्त २  आज र

ताजा समाचार

भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’
 २०७९,जेष्ठ,२,सोमवार १३:४८
लुम्बिनीमा मोदीले दिनभर के गर्दैछन् ?
 २०७९,जेष्ठ,२,सोमवार १३:४७
डोल्पाको ठुलीभेरीमा कांग्रेसको जीत
 २०७९,जेष्ठ,२,सोमवार १३:४१