पुडासैनी मृत्यु प्रकरणमा प्रहरीले जुटायो १ सय प्रमाण !

काठमाडौं । चितवन प्रहरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका तिन जना विरुद्धको अभियोगपत्रमा एकसय वटा दसी प्रमाण जुटाएको छ ।

रवि लामिछानसहित युवराज कँडेल र अस्मिता कार्कीलाई १० दिनसम्म हिरासतमा राखेर गरेको अनुसन्धानबाट प्रहरीले विभिन्न कागजात दसी प्रमाणका रुपमा जुटाएको हो ।
दसी प्रमाणमा शव जाँच मुचुल्कासहित अनुसन्धान अधिकारीहरुको आचारसंहिता, शालिकराम पुडासैनीको कल डिटेल तथा म्यासेज, शव परीक्षण प्रतिवेदनहरु र विभिन्न अनुसन्धानका प्रतिवेदनहरु रहेका छन् ।

त्यस्तै पक्राउ पुर्जी प्रतिवादीहरुको स्वास्थ्य परीक्षण प्रतिवेदन,प्रतिवादीहरुको नागरिकताको फोटोकपी, प्रहरी प्रधान कार्यालय कार्य एव् अपराध अनुसन्धान विभागको परीक्षण प्रतिवेदन, प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहकको प्रतिवेदन, साउन ३० गते पक्राउका लागि पठाएको पत्र, प्रहरी निरीक्षक दयाकृष्ण भट्टको प्रतिवेदन लगायत छन् ।

पत्रकार शालिकराम साउन २० गते चितवनको एक होटल मृत अवस्थामा फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?