राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले सामूहित राजिनामा दिएपछि सेवा प्रभावित

appharu
0
Shares
तस्वीरः गुगल

काठमाडौं । दाङस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले एकैसाथ राजिनामा दिएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा कार्यरत २१ जना चिकित्सकले एकैसाथ राजिनामा दिएपछि अस्पतालबाट प्रवाह हुँदै आएको सेवा प्रभावित बनेको हो ।

यसैबीच, संघीय सरकारमार्फत नियुक्त भएका १२ जना चिकित्सकलाई राजीनामा स्वीकृतिका लागि प्रतिष्ठानले स्वास्थ्य मन्त्रालयमा पहल गर्न आग्रह गरेको छ । प्रतिष्ठान स्वयंले करारमा नियुक्त गरेका ९ जना मेडिकल अधिकृतलाई भने सीधै बर्खास्त गरेको रजिष्ट्रार रामप्रसाद प्याकुरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?