कान्तिपुरमा हलचलः नारायण वाग्लले दिए राजिनामा, सुधीर शर्मा पुनः नियुक्त

काठमाडौं । कान्तिपुर दैनिकका प्रधानसम्पादक नारायण वाग्लेले पदबाट राजिनामा दिनुभएको छ । सोमबार एक ट्वीट गर्दै वाग्लले पत्रकारिता र सिर्जनशील लेखनमा स्वतन्त्र ढंगले समर्पित हुनु बढी श्रेयष्कर हुने लागेर कान्तिपुरबाट राजिनामा दिएको जनाउनुभएको छ ।

यस्तै, उहाँले कान्तिपुर दैनिकको नयाँ प्रधान सम्पादकमा सुधीर शर्मा पुनः नियुक्त भएको पनि जानकारी दिनुभएको छ । एक वर्ष पहिले कान्तिपुरले शर्मालाई विदाई गर्दै वाग्लेलाई प्रधान सम्पादकको जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?