भरतपुरमा प्रहरी र रवि लामिछाने समर्थकबीच झडप

काठमाडौं । भरतपुरको चौबिसकोटीमा सञ्चारकर्मी रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि प्रदर्शन गरेपछि रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएको हो ।

झडपका क्रममा भीड तितरबितर पार्न प्रहरीले केही अश्रुग्यास प्रहार गरेको छ ।

गस्तीमा रहेको प्रहरी टोलीमाथि लामिछानेका समर्थकले ढुंगा प्रहार गरेपछि झडपको वातावरण सिर्जना भएको प्रहरीले जनाएको छ ।

लामिछानेका समर्थकहरुले २ वटा गाडी समेत तोडफोड गरेका छन् ।

आइतबार अस्मिता कार्कीको बयान सकिएपछि सोमबार रवि लामिछाने, युवराज कँडेल र दीपक बोहराको बयान सकिएको थियो । बयानपछि थुनछेक बहस सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?