सङ्घीय संसद्मा १३ समिति बनाउन प्रस्ताव

काठमाडौँ, २० पुस – सङ्घीय संसद् सचिवालयले भावी संसद्को नियमावली तर्जुमा प्रक्रियालाई सहजीकरण गर्न नियमावली मस्यौदा प्रक्रिया अगाडि बढाएको छ । सचिवालयले प्रतिनिधिसभा तथा राष्ट्रियसभा सञ्चालन प्रक्रियासँगै समितिका सङ्ख्या र क्षेत्राधिकार पनि प्रस्ताव गरेको छ राजनीतिक दलहरूलाई नियमावली तर्जुमा गर्न सहयोग पु¥याउने उद्देश्यले मस्यौदा प्रक्रिया अगाडि बढाइएको सचिवालयले जनाएको छ । संविधानअनुसारका तीन स्थायी, राष्ट्रियसभा र प्रतिनिधिसभामा गरी १३ वटा समिति प्रस्तावित छन् सङ्घीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले सङ्घीय संसद्को नियमावली मस्यौदा प्रक्रियालाई मार्गदर्शन हुनेगरी सचिवालयले गृहकार्य गरिरहेको बताए, गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?