पुडासैनी मृत्यु प्रकरण: ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका निर्माताले स्वीकारे यस्तो गल्ती

काठमाडौँ । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका निर्माता दिपक बोहोराले पत्रकार शालिकरामको आत्महत्यापछि आफूहरुले अस्मिता कार्कीलाई भेटने प्रयास गरेको स्वीकार गर्नुभएको छ । अस्मितालाई भेट्न बारम्बार प्रयास गरेकोबारे न्युज २४ का क्यामेरामेन अनिल ढुंगेलले पनि बयान दिनुभएको थियो ।

निर्माता बोहोराले आफूहरुले आत्महत्या प्रकरणमा नाम जोडिएर समाचारहरु आउन थालेपछि क्यामेरामेनसँग अस्मिताको फोन नम्बर मागेर अस्मितालाई फोन गरेर भेट्न गएको बताउनुभयो। बोहोराले भन्नुभयो, “शालिकराम आत्महत्या प्रकरणमा हाम्रो नाम नाम जोडिएर समाचारहरु आउन थालेपछि क्यामेरामेनसँग अस्मिताको फोन नम्बर मागेर भेट्न गएका हौँ ।”
बयानमा बोहोराले आफूसहित क्यामेरामेन अनिल र रवि लामिछाने बिरामी आमा कुर्न बसेकी अस्मितालाई भेट्न ग्रिन सिटी अस्पतालमा पुगेको उल्लेख गर्नुभयो । तर अस्मिताले यसबारे नबोल्ने मनसायले उनीहरुको फोन नउठाएपछि एक घन्टा कुरेर टोली फर्किएको उहाँको भनाइ छ ।

त्यसो त शालिकको मृत्युमा रवि र पत्रकार युवराजको नाम जोडिएलगत्तै निर्माता बोहोराले अस्मिता र पत्रकार शालिकबीचको केही अन्तरंग म्यासेजहरु फेसबुकमार्फत सार्वजनिक गर्नुभएको थियो। बयानका क्रममा पनि दिपकले त्यस्तो सन्देशहरु फेसबुकमा पोस्ट गरेको स्विकारे गर्नुभयो ।

नेपालको कानुन अनुसार कसैको चरित्र हत्या हुनेगरी व्यक्तिगत विवरण सार्वजनिक गरेमा अपराध ठहरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?