पुडासैनी प्रकरण: रवि लामिछाने र युवराज कँडेलको बयान लिइँदै

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासतमा रहेका संचारकर्मी रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि जिल्ला अदालतमा उपस्थित गराइएकाे छ । अदालतले आज उनीहरुकाे बयान लिँदैछ ।

तीन जना प्रतिवादीमध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ । लामिछाने र कँडेलको आज बयान सकिएपछि अदालतमा वादी र प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् ।

थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ । तिनैजना विरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो ।

रवि लामिछाने निर्दोष रहेको दाबीसहित फसाउन खोजिएको भन्दै उनका समर्थकहरुले चितवनमा दिनदिनै प्रदर्शन गरिरहेका छन् । प्रदर्शन चर्कर्दै गएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि भरतपुरमा निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाका कारण प्रदर्शनमा उत्रेका छैनन् ।

शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा आइतबार मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरू विरुद्ध मुद्दा दर्ता गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?