प्रमाणको बलियो आधार ‘डाइङ्ग डिक्लेरेशन’ के हो, के होइन ?

कानुनी विधिशास्त्रमा ‘डाइङ्ग डिक्लेरेशन’ प्रमाणको एउटा बलियो आधार हो । संसारका धेरै देशका कानुनी प्रणालिले यसलाइ प्रमाणको रुपमा लियको पाइन्छ । ‘डाइङ्ग डिक्लेरेशन’ अङ्ग्रेजी शब्द हो । यसको नेपाली रुपान्तरण मृत्युकालिन घोषणा भन्ने हुन्छ ।

विस्तृतमा मृत्युकालिन घोषणा भन्नाले कुनै व्यक्ती मर्ने अन्तिम समयमा आफ्नो मृत्युुका बारेमा आफैले व्यक्त गरेको कुरा भन्ने बुझिन्छ । यस्तो कुरा लेखेर,बोलेर, चित्र कोरेर वा अन्य संकेतमार्फत पनि प्रकट गरिन्छ । ‘डाइङ्ग डिक्लेरेशन’ प्रमाणमा लिनका लागी उक्त कुरा प्रकटपछि मानिस तुरुन्तै मरेको हुनुपर्दछ । त्यसै गरि मर्ने मानिसले सचेत र स्व-स्फुर्त रुपमा आफ्नो मृत्युको कारणबारे आफ्ना कुरा प्रकट गरेको हुनुपर्दछ ।

नेपालको प्रमाण ऎन २०३१ को दफा ११ मा मरेको व्यक्तिले होस् छदै व्यक्त गरेका कुरा प्रमाणमा लिन हुने व्यवस्था उल्लेख गरेको छ । उक्त दफामा भनिएको छ “कुनै मरेको व्यक्तिले आफु मर्न लागेको अवस्थामा होस छदै आफ्नो मृत्युको कारणका सम्बन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिन हुन्छ ” । वरिष्ठ अधिवक्ता रविनारायण खनालका अनुसार मृत्युकालिन घोषणाको सिधा सम्बन्ध तत्काल मृत्यु र कारणसंग हुन्छ । खनाल भन्नुहुन्छ “डाइङ्ग डिक्लेरेशनलाई कानुनी प्रमाणको रुपमा लिन ब्यक्ती आफ्नो मृत्युको कारणको कुरा प्रकट पछि तत्काल मरेको हुनुपर्दछ ,आज मृत्युबारे बोलेर केहि दिन पछि मृत्यु भएमा सो कुरा प्रमाणमा लिन मिल्दैन ।”

उहाँले आत्महत्याको प्रसङ्गमा डाइङ्ग डिक्लिरियसनको अर्थ र महत्त्वका सम्बन्धमा थप प्रष्ट पार्दै भन्नुहुन्छ, “यदि कोहि मानिस अन्यायमा परेको छ भने न्यायको बाटोमा वा न्यायिक निकायमा जानुपर्दछ,म अन्यायमा परे वा मलाइ फलानोले दु:ख दियो त्यसैले आत्महत्या गर्न बाध्य भए भन्ने प्रसङ्ग डाइङ्ग डिक्लेरेशनको कानुनी परिभाषामा त्यती आकर्षित हुदैन “। अर्का अधिवक्ता सुनिल कुमार पोखरेल ‘डाइङ्ग डिक्लेरेशन’ लाई प्रमाणको बलियो आधारको लिइने भएतापनी यसको स्वतन्त्र परिक्षणको आवश्यकता रहने बताउनुहुन्छ ।

कानुनका जानकारका अनुसार पनि डाइङ्ग डिक्लेरेशन व्यक्तिको मृत्युको कारण र समयसंग सम्बन्धित प्रमाण बुझिन्छ । मरेको व्यक्तिले मर्नु भन्दा केहि दिन पहिला व्यक्त गरेको कुरा डाइङ्ग डिक्लेरेशनको परिभाषा मा नपर्ने देखिन्छ । त्यसै गरि सचेत अवस्थामा व्यक्त नभएको कुरालाइ पनि ‘डाइङ्ग डिक्लेरेशन’ अन्तर्गत मान्न सकिदैन ।

अपराधजन्य कार्यमा प्रमाणको रुपमा लिइने अन्य धेरै आधारहरु छन । अपराधजन्य बाहेक अन्य कार्यमा पनि भिन्न-भिन्न प्रकारले प्रमाणको चरण पुरा हुन्छ । मृत्युकालिन घोषणाले यि दुबै प्रकृतिका समस्याको न्याय प्रदानमा अर्थ पुर्ण भुमिका खेल्दछ । वरिष्ठ अधिवक्ता रविनारायण खनालले भने जस्तै अन्याय वा अन्य अभावका कारण यदि कुनै मानिसले आत्महत्या गरेको छ र उसले आफुले आत्महत्या गर्ने समयमा आफुलाइ अन्यायमा पार्ने वा अभाव सिर्जना गराउने व्यक्तिको नाम उल्लेख गरेको छ भने सो स्थितिमा उसलाइ अन्यायमा पार्ने वा अभावको सिर्जना गराउने व्यक्ती दोषी हो भन्न सकिदैन ।

तर कसैले आत्महत्या गर्न दबाब दिने, डर धम्की देखाउने, आत्महत्या नगरे घर परिवार वा कोहि कसैको ज्यान लिने ,क्षती पुर्याउने वा सोहि व्यक्तिको ज्यान लिने जस्ता अवस्था सिर्जना गरेमा आत्महत्या दुरुत्साहन अन्तर्गत त्यस्तो व्यक्ती दोषी रहन्छ ।

त्यसैले डाइङ्ग डिक्लेरेशन मृत्युको खास कारण र समय हो भने खासगरी आत्महत्याको सन्दर्भमा कानुनी बैकल्पिक बाटो हुँदा हुँदै अन्याय, अभाव वा यस्तै अन्य स्थितीले सिर्जना गरेको अवस्था भने होइन ।

  • पाण्डेय कानुनका विद्यार्थी हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?