सुनको मूल्यले गर्यो पुन: रेकर्ड ब्रेक, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनले आजपनि नयाँ कीर्तीमान कायम गरेको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार तोलामा ७३ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर बढ्दै यो बिन्दुमा आइपुगेको हो ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ हजारले बढेर ७३ हजार ५ सय पुगेको हो ।
यस्तै छापावाला सुन ७३ हजार २ सय कायम भएको महासंघले जनाएको छ ।
यस्तै चाँदी तोलामा ८ सय ६० रुपैंयाँमा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८ सय ५० रुपैयाँ कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?