छुरा प्रहार गरी हत्या गरेपछि आफै बीस सेवन


प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार ११:२६

काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका-५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको छ ।

स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पोखरेलले बताउनुभयो ।

घरायसी झगडाका कारण मुर्ताज मियाँले छुरा प्रहार गर्दा वहाव गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका वहावको उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।

छुरा प्रहार गर्ने मुर्ताजलेसमेत बीस सेवन गरेकाले उनी पनि गम्भीर घाइते भएको र अहिले उनको विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

छुरा प्रहार गरी हत्या गर्ने मुर्ताज प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
मनसुन लम्बिने: अझै वर्षाको सम्भावना

काठमाडौं । नेपालबाट मनसुन अन्त्य हुने समय नजिकिँदै गर्दा मनसुनी न्यून चापीय रेखा

एकाबिहानै गोरखा केन्द्रबिन्दु भएर भूकम्प गयो

काठमाडौं | गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ ।

परपुरुषसँग मिलेर श्रीमानको हत्या, सेफ्टीट्याङ्कीमा भेटियो शव !

काठमाडौं | श्रीमान्को हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा

ग्यासको मुल्य २५ रुपैयाँ घट्यो, हवाई इन्धनमा पनि समायोजन

काठमाण्डौं । नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ