९ भाद्र २०७६, सोमबार १०:५९

स्कुटर र मोटरसाइक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु


प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार १०:५९

काठमाडौं । चितवनमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पुल्चोकबाट शिवघाटतर्फ जाँदै गरेको ना ५५ प ३५६८ नम्बरको स्कुटरले सोही दिशातर्फ जाँदै गरेको ना ६० प ४४३७ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा घाइते मोटरसाइकल चालक भरतपुर महानगरपालिका-२३ का ४० वर्षीय सूर्यबन्दु खनाल क्षेत्रीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर र स्कुटर चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Tags: ,

प्रतिक्रिया दिनुहोस