नेपाल र मलेसियन क्लब भिड्दै

काठमाडौं । विश्वकप छनोट खेल्ने तयारीमा रहेको नेपालको राष्ट्रिय फुटबल टिमले आज (सोमबार) मलेसियन क्लबसंग मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

मलेसियन लिग च्याम्पियन क्लब जोहारसंग नेपालले मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । नेपालले कुवेतसंग खेल्दै विश्वकप छनोटको सुरुवात गर्नेछ । तर मलेसियन क्लबविरुद्वको खेललाई सोही छनोट प्रतियोगिताको तयारीको रुपमा हेरिएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमलाई विश्वकप छनोट अघि बलिया देशसंग अभ्यास खेल खेलाउने तयारी गरेको थियो ।

तर अन्तिम समयमा आएर मात्र मलेसियन क्लबसंग मैत्रीपूर्ण खेलको टुङ्गो लागेको हो । खेल स्थानिय समय अनुसार साँझ पौने ९ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?